जलजला (पर्वत), कार्तिक — भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य आज नौौँ दिनमा प्रवेश गरेको छ। प्रत्येक दिनको प्रगतिले स्थानीय बासिन्दामा नयाँ उत्साह, खुशी र आत्मविश्वास बढेको छ। 6 मिटर चौडा बाटो’ अब सपना मात्र नभई पूरा हुँदै गएको वास्तविकता हो भन्ने विश्वास गाउँलेहरूले व्यक्त गरेका छन्।
यो परियोजना वडा अध्यक्ष बलबहादुर पुर्जाको नेतृत्व र पहलमा अघि बढिरहेको छ। उनले जनसहभागितालाई नै सफलताकाे मूल ऊर्जा मान्दै भने—
“गुणस्तरीय सडक निर्माण समुदायको साझा प्रतिबद्धताबाट मात्र सम्भव हुन्छ। श्रम, सीप र स्रोतको उचित संयोजनले हाम्रो गाउँले उज्यालो भविष्य पाइला–पाइलामा देख्नेछ।”
सडक निर्माणमा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, युवाहरू र समाजसेवीहरूको सक्रियता हरेक दिन बढिरहेको छ। भिमलाल अधिकारी, खिमलाल अधिकारी, फुलप्रसाद अधिकारी, दिपक सापकोटा, देवीप्रसाद सापकोटा, काशीराम सुवेदी, प्रकाश सापकोटा, डिलनाथ सापकोटा, कृष्ण सापकोटा, नीलकण्ठ सुवेदी, बुद्धिप्रसाद सुवेदी, धन्शाम सापकोटा, घर्मप्रसाद सुवेदी, नारायणदत्त सापकोटा, भक्तबहादुर पुर्जा, शम्भु भुसाल, केदारनाथ भुसाल, नन्दलाल सुवेदी लगायतका व्यक्तित्वहरूले सडकलाई दीर्घकालीन विकास, आर्थिक समृद्धि र सामाजिक गतिशीलताको आधारका रूपमा हेर्नुपर्ने धारणा राखेका छन्।
यस अभियानको प्राविधिक पक्ष प्राविधिक इन्द्र सापकोटाको जिम्मेवारीमा छ। उनले प्राविधिक मापदण्ड, निर्माणको गुणस्तर र दीर्घकालीन टिकाउपनामा विशेष ध्यान दिइरहेको जनाएका छन्।
त्यस्तै, जेन्जीका प्रतिनिधिहरू चिरञ्जिबि सुवेदी, सनिल पुर्जा, कमल चोचाङ्गी, प्रदीप रेग्मी, सोमत भुसाल, गिरिजा चिचाङ्गी लगायतले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
सडक उपभोक्ता समितिका अध्यक्ष बुद्धि प्रसाद सुवेदीले आर्थिक तथा भौतिक सहयोगका लागि सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै स्थानीय सहभागिताले नै योजना सफल बनाउने विश्वास जनाउनुभयो।
विभिन्न सामाजिक व्यक्ति बुद्धिजीवी, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति उल्लेखनीय रहेको थियो
आजको निर्माण कार्य बैकुण्ठेश्वर मन्दिर परिसरसम्मको मार्ग समेट्दै अघि बढेको छ। यसले स्थानीय बासिन्दालाई थप आशावादी बनाएको छ। उनीहरूका अनुसार—
“यो बाटोले दैनिक जीवन सहज मात्रै बनाउँदैन, हाम्रो गाउँको सपना, संस्कृतिको पहिचान र नयाँ सम्भावनालाई पनि जोड्छ। सबै मिलेर अघि बढ्दा कामको गति र प्रभाव दुवै बढेको छ।”
नेतृत्व, बुद्धिजीवी मार्गदर्शन, प्राविधिक दक्षता र स्थानीय जनश्रमको एकताले विकास कति सहज रूपमा अघि बढ्न सक्छ भन्ने स्पष्ट भएको छ..
स्थानीय बासिन्दाहरूको सामूहिक अभिव्यक्ति छ—
“भुसालचोकबाट सुरु भएको यो बाटो अब हाम्रो गाउँको उज्यालो भविष्यको मार्ग बन्नेछ। यसले कृषि व्यापार, स्थानीय अर्थतन्त्र, धार्मिक पर्यटन र सामाजिक जीवनमा नयाँ सहजता ल्याउनेछ।”

Leave a Reply