भुसालचोकबाट सुरु मिलनचोक–शालिजा मोटर बाटो स्तरउन्नति : जलजलामा विकासको नयाँ चरण…

जलजला (पर्वत), कार्तिक १९ — जलजला गाउँपालिकामा भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाको दीर्घकालीन पूर्वाधार योजनाअन्तर्गत सुरु गरिएको यो परियोजना जलजलाको आर्थिक, धार्मिक र सामाजिक विकासमा ऐतिहासिक मोडका रूपमा लिइएको छ।

६ मिटर चौडा र फरकिलो स्वरूपमा निर्माण भइरहेको उक्त बाटोले गाउँका बासिन्दाको दैनिकीमा सहजता ल्याउने, स्थानीय उत्पादन बजारसम्म पु-याउने र व्यवसायिक अवसरहरू विस्तार गर्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको पहलमा सुरु गरिएको यो योजना दीर्घकालीन पूर्वाधार विकासको नमूना बन्ने विश्वास गरिएको छ। …

“भुसालचोकदेखि शालिजासम्मको यो बाटो केवल पूर्वाधार होइन, गाउँको पहिचान हो।”

उहाँले ठोस नीति, सामूहिक प्रयास र पारदर्शी व्यवस्थापनमार्फत स्थानीय विकासलाई गतिशील बनाइने विश्वास जनाउनुभएको छ…

सो अवसरमा वडा नं. ६ का अध्यक्ष बलबहादुर पुर्जाले योजनाको सफल कार्यान्वयनका लागि जनसहभागिता अत्यावश्यक रहेको बताउनुभयोको छ । उहाँका अनुसार, स्थानीय श्रम, स्रोत र सीपको उचित उपयोगमार्फत सडक निर्माणलाई गुणस्तरीय बनाइनेछ।

मोटर बाटो स्तरउन्नतिमा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको छ सहभागीहरूमा डिलनाथ सापकोटा,कृष्ण सापकोटा, नीलकण्ठ सुवेदी, बुद्धि प्रसाद सुवेदी, धन्शाम सापकोटा, घर्म प्रसाद सुवेदी, नारायण दत्त सापकोटा, भक्ती बहादुर पुर्जा, शम्भु भुसाल, केदारनाथ भुसाल, नन्दलाल सुवेदी लगायतका व्यक्तित्वहरूले सडक निर्माणलाई दीर्घकालीन विकासको आधारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयोको छ..

त्यस्तै, जेन्जीका प्रतिनिधिहरू चिरञ्जिबि सुवेदी, इन्द्र सापकोटा, सनिल पुर्जा, कमल चोचाङ्गी, प्रदीप रेग्मी, सोमत भुसाल, गिरिजा चिचाङ्गी लगायतले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

सडक उपभोक्ता समितिका अध्यक्ष बुद्धि प्रसाद सुवेदीले आर्थिक तथा भौतिक सहयोगका लागि सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै स्थानीय सहभागिताले नै योजना सफल बनाउने विश्वास जनाउनुभयो।

विभिन्न सामाजिक व्यक्ति बुद्धिजीवी, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति उल्लेखनीय रहेको थियो।

भुसालचोकबाट सुरु भएको यो स्तरउन्नति कार्यले मिलनचोक हुँदै शालिजासम्मको सम्पूर्ण क्षेत्रलाई जोड्नेछ। यसबाट कृषि, शिक्षा, व्यवसाय र पर्यटन क्षेत्रमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ।

“भुसालचोकबाट सुरु भएको यो बाटो अब जलजलाको उज्यालो भविष्यको यात्रा बन्नेछ,”
सहभागीहरूको साझा अभिव्यक्ति छ।

भुसालचोकशालिजाविकास

जलजला_गाउँपालिका

स्थानीय_विकास

✍️ #देशप्रेमीसोमतभुसाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *