आज, त्रि-चन्द्र बहुमुखी क्याम्पसको १०८औँ स्थापना दिवस मनाइरहेका छौं। यो क्याम्पस केवल शिक्षा दिने केन्द्र मात्र होइन, देशको शैक्षिक धरोहर र प्रेरणाको स्रोत पनि हो।
यस क्याम्पसले इतिहासमा अनेकौँ उत्कृष्ट व्यक्तित्वहरू जन्माएको छ, जसले देशका विज्ञान, साहित्य, प्रशासन, राजनीति र सामाजिक क्षेत्रमा अमुल्य योगदान दिएका छन्। यहाँबाट शिक्षा आर्जन गरेका विद्यार्थीहरूले समाज र राष्ट्रलाई प्रगतिशील र चेतनाशील बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
आजको दिन हामीले मात्र यसको गौरवपूर्ण इतिहास सम्झनु हुँदैन, बरु यसलाई भविष्यको नमूना क्याम्पस बनाउने प्रतिबद्धता पनि जनाउनुपर्छ।
नवीनता र प्रविधिमा आधारित शिक्षा,
प्रत्येक विद्यार्थीको लागि गुणस्तरीय शिक्षा,
आर्थिक चेतनाद्वारा स्वावलम्बन र उत्पादनमुखी सोच,
सामाजिक चेतनाद्वारा समानता र समावेशिता,
राजनीतिक चेतनाद्वारा न्याय, लोकतन्त्र र उत्तरदायी नेतृत्व,
यी सबै सँगसँगै अघि बढ्नुपर्छ।
त्रि-चन्द्र बहुमुखी क्याम्पसको १०८ वर्षको इतिहासले हामीलाई प्रेरणा मात्र दिन्छ भन्ने होइन, सम्पूर्ण क्याम्पस परिवार र शुभेच्छुकहरूको साझा प्रतिबद्धता पनि स्मरण गराउँछ।
यस पावन अवसरमा सम्पूर्ण क्याम्पस परिवार र शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Leave a Reply