तीन भावना, एउटै मनको धुन”

जीवनको यो दौडमा कहिलेकाहीँ यस्ता मान्छे भेटिन्छन्, जसले शब्द नबोल्दा पनि मनको कुरा बुझिदिन्छन्।
मेरो जीवनमा त्यस्ता दुई व्यक्तित्व छन्—सागर दाइ र सबिजा जि। अनि म—ती दुई ऊर्जा बीचको मौन भाव।

सागर दाइ—बोल्दा गहिरो लाग्ने, हाँस्दा संसार बिर्साउने। उहाँको अनुभवले सिकाउँछ—जीवन केवल किताबको पाना होइन, अनुभूतिको यात्रा हो। सधैं सकारात्मक सोच, गम्भीर दृष्टिकोण…..

सबिजा जि—शब्दमा मिठास, हृदयमा संवेदना। उहाँको हरेक बोली, हरेक सन्देशमा भावना मिसिएको हुन्छ। भित्री भाव व्यक्त गर्न जान्ने, अनि अर्काको भाव बुझ्न सक्ने दुर्लभ व्यक्ति। उहाँसँगको सानो कुराकानी पनि मनको भारी हलुका बनाइदिन्छ।

र म? म त यी दुई प्रकाशबीच बसी आफ्ना साना भावना पोखेझैं गर्छु—कहिलेकाहीँ डायरीमा, कहिलेकाहीँ सामाजिक सञ्जालमा।

जब म फेसबुक वा इन्स्टाग्राममा लेख्छु—”आजको दिन मन छुने रह्यो,”
सागर दाइ कमेन्ट गर्नुहुन्छ—”सजिलो छैन तर तिमी गर्दै छौ, गर्व लाग्छ।”
सबिजा जि म्यासेज लेख्नुहुन्छ—”मन छुने शब्दहरू, सायद हामी सबैको आवाज हो यो।”

त्यो सानो प्रतिक्रियाले धेरै गहिरो छुन्छ। लाग्छ—साझा गरिएका शब्दहरू केवल पोस्ट होइनन्, सम्बन्धको अभास हुन्।
हाम्रो कुराकानी कहिलेकाहीँ हाँसो, कहिलेकाहीँ मौनता, अनि कहिलेकाहीँ एकै शब्दमा गुम्सिएको भावना बन्छ।

आज हामी एउटै सहरमा छौं, व्यस्त जीवन बाँचिरहेका छौं। तर एउटा सानो स्टोरी, एउटा क्याप्सन, एउटा कमेन्टले हाम्रो सम्बन्धलाई बाँधिराखेको छ—मौन, तर मजबुत।

हाम्रो मित्रता केवल भेटघाटमा समय ले गर्दा सीमित छैन, न त शब्दमा मात्र। यो सम्बन्ध भावनामा बाँधिएको छ।
सागर दाइको आत्मीयता, सबिजा जिको समझदारी, र मेरो सरल अभिव्यक्ति—यी तीनै भावना एउटै धुनमा बगिरहेका छन्।
हामी एउटै सहरमा छौ, एक-अर्काको मनमा उस्तै छौं—सधैं, हरपल।

तीन मुटु, तीन दृष्टिकोण—तर एउटै आत्मा, एउटै सम्बन्ध।


Leave a Reply

Your email address will not be published. Required fields are marked *