लिपुलेक हाम्रो भूमि मात्र होइन; यो हाम्रो इतिहास, हाम्रो स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतिक हो। तर पछिल्लो सम्झौता, जुन हाम्रा छिमेकी भनिएका भारत र चीनले गरेका छन्, केवल कागजी दस्तावेज होइन—यो नेपालको सार्वभौमिकता र राष्ट्रिय सुरक्षा माथि प्रत्यक्ष प्रहार हो। यस्तो कदमले हाम्रो राजनीतिक निर्णयक्षमता र सीमाको सम्मानमाथि गम्भीर प्रश्न उठाउँछ।
नेपाल सरकारले ढिला नगरी यो मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्छ। प्रधानमन्त्रीको भारत भ्रमण तुरुन्तै स्थगित हुनुपर्छ, र नयाँ दिल्ली तथा बेइजिङस्थित नेपाली राजदूतलाई तत्काल फिर्ता बोलाएर स्पष्ट सन्देश दिनुपर्छ: नेपाल आफ्नो भूमि, सीमा र स्वाभिमानको रक्षा गर्न अडिग छ।
यो केवल सीमा विवाद होइन; यो हाम्रो अस्तित्वसँग जोडिएको राष्ट्रिय चुनौती हो। यदि हामी हाम्रो माटो, हाम्रो पहिचान र हाम्रो स्वाभिमानको रक्षा गर्न सक्दैनौं भने, नेपालीको भविष्य नै संकटमा पर्छ। अब ढिला गर्ने समय छैन। उठौँ, बोलौँ र नेपालको सीमा, स्वाभिमान र अस्तित्वलाई रक्षा गर्नु हाम्रो अनिवार्य कर्तव्य हो।
Leave a Reply