प्राकृतिक वा मानवसृजित विपत्ति अन्ततः
मानिस र ब्रह्माण्डकै घाउ बन्छ।
इतिहासका आन्दोलनका निशान अझै पक्का छन्,
लुकेर चलेका तीरका पीडा अझै ताजा छन्।
त्यसमाथि पुनः प्रकृतिको कठोर परीक्षाले
मेरो देशलाई कसरी सम्भाल्ला ?
तर हामीसँग विकल्प छ —
निराश होइन, प्रार्थना गर्ने,
त्रसित होइन, सतर्क रहने।
पुराना भिडियो र अफवाह फैलाएर
त्रास नबढाऔँ।
आधिकारिक सूचना मात्र बाँडौं,
झूटले होइन, सत्यले साथ दिऔँ।
अप्ठ्यारो परे, एक–अर्काको हात थामौं,
किनकि हाम्रो सजगता सयौँ जीवनको आधार बन्न सक्छ।
यो क्षण सरकार, संघ–संस्था मात्रै होइन,
प्रत्येक नागरिकको कर्तव्यको घडी हो।
आ–आफ्नो स्थानबाट जुटौं,
देशलाई बचाउने संकल्पमा उभिऔँ।
सतर्क रहौं, सहयोगी बनौं, सजग रहौं।
Leave a Reply