“परिवर्तनको प्रतीक”

जुत्ता केवल छालाको टुक्रा होइन,
यो देशको परिवर्तन बोकेको प्रतीक हो ।

रगतले लतपतिएको प्रत्येक धागो,
Gen-Z वीर युवाको साहसिक आवाज हो ।

संसदको मूल ढोकामा खडा गरियोस् यो सालिक,
भ्रष्टको शिर सधैं निहुरियोस्,
हतियारधारी हत्याराको अनुहार लाजले ढाकियोस् ।

प्रत्येक मन्त्रालयको भित्तामा टासियोस् यसको तस्वीर,
ताकी कुर्सीमा बस्नेहरूले सम्झिऊन्—
रगतले भिजेको आशा च्यात्न पाइँदैन,
सपना बेच्न पाइँदैन,
देशलाई फेरि मिच्न पाइँदैन ।

यो जुत्ता—
शहीदको पीडा हो,
युवाको बलिदान हो,
र भविष्यको घोषणा हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *